गाैशाला, फाल्गुन २१ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्ति बजार मतदान केन्द्रमा दिउँसो १२:३० बजेसम्म ८८३ मत खसेको छ ।
केन्द्रका प्रमुख संजिब कुमार झाले दिएको जानकारी अनुसार क केन्द्रमा पुरुष २१५ र महिला २३२ गरी जम्मा ४४७ मत खसेको छ। त्यसैगरी ख केन्द्रमा पुरुष २१५ र महिला २२१ गरी जम्मा ४३६ मत खसेको छ ।
यस मतदान केन्द्रमा हालसम्म दुवै केन्द्र मिलाएर जम्मा ८८३ मत खसेको छ। उक्त केन्द्रमा जम्मा मतदाता संख्या २०७३ जना रहेको प्रमुख झाले जानकारी दिए । यसअनुसार १२:३० बजेसम्म करिब ४२.६ प्रतिशत मतदान भएको छ ।

