गाैशाला, फाल्गुन २१ गते ।
महोत्तरीको गौशाला नगरपालिका–७ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय जमुनिया मतदान केन्द्रमा दिउँसो २ बजेसम्म ८९३ मत खसेको छ ।
केन्द्रका प्रमुख राकेश विश्वकर्माले दिएको जानकारी अनुसार:
क केन्द्र: पुरुष १८९, महिला २४१, जम्मा ४३०
ख केन्द्र: पुरुष २१७, महिला २४६, जम्मा ४६३
जम्मा मतदाता संख्या १४४९ रहेको र हालसम्म करिब ६२ प्रतिशत मतदान भएको प्रमुख विश्वकर्माले जानकारी दिएका छन् ।
मतदान प्रक्रिया शान्तिपूर्वक जारी रहेको र सुरक्षा निकाय सक्रिय रहेको जनाइएको छ ।

