काठमाडौं, फाल्गुन २२ गते ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुकुम पूर्व क्षेत्र नम्बर–१ को मतगणनामा नेकपाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम गरेका छन्। प्राप्त पछिल्लो मतपरिणामअनुसार प्रचण्डले १,४१५ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लीलामणि गौतमले ४३२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत पाएकी छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखनकुमार थापाले १७६ मत प्राप्त गरेका छन् भने मंगोल नेशनल अर्गनाइजेसनकी उम्मेदवार ज्योति रोका मगरले ४५ मत पाएकी छन्।
हालसम्मको मतपरिणामअनुसार प्रचण्डले अन्य उम्मेदवारहरूमाथि उल्लेखनीय मतान्तरसहित अग्रता कायम गरेका छन्। मतगणना जारी रहेकाले आगामी परिणामसँगै अन्तिम नतिजा स्पष्ट हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

