गाैशाला, फाल्गुन २२ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोद कुमार महतो फराकिलो मतान्तरसहित अग्रस्थानमा देखिएका छन् ।
हालसम्म ३४ हजार ८९२ मत गणना भएको छ। तीमध्ये ३२ हजार ७७१ मत सदर भएका छन् भने २ हजार १२१ मत बदर भएका छन् ।
प्राप्त मतपरिणाम अनुसार घण्टी चुनाव चिह्नका महतोले १८ हजार ४५७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेल (पाँचकुने तारा) ले ६ हजार १७६ मत पाएका छन् ।
यसैगरी नेकपा एमालेका लक्ष्मी महतो कोइरी (सूर्य) ले ३ हजार ८६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका मुकेशराज काफ्ले (रुख) ले २ हजार ६३३ मत पाएका छन् ।
अन्य उम्मेदवारमध्ये अंजुलीमा माटो चिन्हकी लिला दियालीले ४४९, हलो चिन्हका होमप्रसाद पोखरेलले ३३२ र लाउडस्पिकर चिन्हका विरेन्द्र महतोले २७१ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूको मत संख्या सयभन्दा कम रहेको छ ।
मतगणना अझै जारी रहेकाले आगामी परिणामसँगै अन्तिम नतिजा स्पष्ट हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

