इलाम, फाल्गुन २३ गते ।
इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राई झिनो मतान्तरसहित अग्रस्थानमा रहेका छन् ।
पछिल्लो प्राप्त मतपरिणामअनुसार राईले ५ हजार ५५६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले ५ हजार ४४७ मत ल्याएका छन्। यससँगै राईले नेम्बाङभन्दा १०९ मतले अग्रता कायम गरेका छन् ।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २ हजार ८३६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल बहादुर राईले १ हजार ७७८ मत पाएका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओमबहादुर गुरुङले ४८ मत प्राप्त गरेका छन् ।
मतगणना जारी रहेकाले आगामी चरणमा परिणाममा थप परिवर्तन हुन सक्ने जनाइएको छ ।

