सर्लाही, फाल्गुन २३ गते ।
सर्लाही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंह अग्रस्थानमा देखिएका छन् ।
पछिल्लो मतपरिणामअनुसार सिंहले ९ हजार ३७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गगन कुमार थापाले ५ हजार ८२८ मत पाएका छन्। हालसम्मको गणनामा सिंहले थापाभन्दा तीन हजारभन्दा बढी मतान्तरले अग्रता कायम गरेका छन् ।
यसैगरी नेकपा एमालेका अमनिश कुमार यादवले १ हजार ४२२ मत प्राप्त गरेका छन्। जनमत पार्टीका राकेश कुमार मिश्रले ५१३ मत ल्याएका छन् भने नेपाल कम्युनिस्ट पार्टीका रजनिस रायले ३९५ मत प्राप्त गरेका छन् ।
मतगणना प्रक्रिया अझै जारी रहेकाले आगामी परिणामसँगै मतान्तरमा परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

