https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २३ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका आफ्ना उम्मेदवारहरूलाई कुनै पनि प्रकारको विजयी र्‍याली तथा अबिर जात्रा नगर्न निर्देशन दिएको छ ।


पार्टीले यसपटक प्राप्त जनसमर्थनलाई उत्सवभन्दा पनि जिम्मेवारीका रूपमा लिएको स्पष्ट गर्दै तडकभडकपूर्ण विजयोत्सव नगर्न आग्रह गरेको हो। पार्टीका अनुसार युवापुस्ताको विश्वास र त्यागबाट प्राप्त अवसरलाई उत्सवमा होइन, कामबाट प्रमाणित गर्नुपर्ने धारणा राखिएको छ ।


रास्वपाले विजयको खुसीयाली मनाउन समय खर्चिनुभन्दा जनताको अपेक्षा अनुसार काममा केन्द्रित हुन आफ्ना प्रतिनिधिहरूलाई आग्रह गरेको जनाएको छ। यद्यपि विजयी र्‍याली नगरे पनि मतदाताप्रति कृतज्ञता व्यक्त गर्न उम्मेदवारहरू स्वयं मतदाताको घरदैलोमा पुग्ने कार्यक्रम रहने बताइएको छ ।


पार्टीले अबिर जात्रा र ठूलो भीडभाड हुने कार्यक्रमको सट्टा सादा रूपमा मतदातासँग भेटघाट गर्दै धन्यवाद व्यक्त गर्ने योजना बनाएको जनाएको छ। यस निर्णयमार्फत राजनीतिमा सरल र जिम्मेवार संस्कार स्थापित गर्ने सन्देश दिन खोजिएको रास्वपाले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार