गाैशाला, फाल्गुन २३ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत महोत्तरी–१ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रमोद कुमार महतो विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धीलाई करिब २२ हजार मतान्तरले पराजित गर्दै आफ्नो जीत सुनिश्चित गरेका हुन् ।

निर्वाचन अधिकृत गगनदेव महतोका अनुसार प्रमोद महतोले ३४,६३६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेलले १२,६२४ मत पाएका छन् ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले ६,५९१ मत र नेपाली कांग्रेसका उम्मेदवार मुकेशराज काफ्लेले ६,२१३ मत प्राप्त गरेका छन् ।
यस परिणामले रास्वपाको लोकप्रियता र महोत्तरी–१ क्षेत्रमा जनसमर्थनको स्पष्ट संकेत दिएको देखिन्छ ।

