धनुषा, फाल्गुन २४ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजकिशोर महतो विजयी भएका छन् ।
महतोले ४८ हजार २७० मत प्राप्त गर्दै आफ्नो जीत सुनिश्चित गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले ११ हजार ५२९ मत प्राप्त गरेका छन् । यस नतिजासँगै महतोले उल्लेखनीय मतान्तरसहित धनुषा–४ मा जीत हासिल गरेका हुन् ।

