https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


सर्लाही, फाल्गुन २४ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंह विजयी भएका छन् ।


अन्तिम मतपरिणामअनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता गगन थापालाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन्। थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन् ।


लामो समयदेखि राष्ट्रिय राजनीतिमा सक्रिय थापालाई पराजित गर्दै सिंहले यस निर्वाचन क्षेत्रमा महत्वपूर्ण जीत हासिल गरेका हुन्। संसदमा तीखो अभिव्यक्ति र फरक शैलीका कारण चर्चित सिंह यसपटक रास्वपाबाट उम्मेदवार बनेर विजयी भएका हुन् ।


सर्लाहीको बलरा क्षेत्रमा जन्मिएका सिंहले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्। मधेश आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका सिंह यसअघि पनि सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका थिए ।


यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेर उनले पुनः विजय हासिल गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार