गाैशाला, फाल्गुन २४ गते ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत महोत्तरी क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गौरीकुमारी विजयी भएकी छन् ।


अन्तिम मतपरिणामअनुसार गौरीकुमारीले ३० हजार १३२ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सुरेन्द्रकुमार यादवलाई पराजित गरेकी हुन् । यादवले ८ हजार ७४२ मत प्राप्त गरेका छन् ।


यसैगरी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रकुमार रायले ६ हजार ९४४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् भने नेकपा (एमाले) की उम्मेदवार निलम अधिकारीले ६ हजार १९२ मत प्राप्त गरेकी छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार भरतप्रसाद साहले ५ हजार ३३६ मत प्राप्त गरेका छन् ।


यस परिणामसँगै महोत्तरी–४ मा रास्वपाले स्पष्ट मतान्तरसहित विजय हासिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार