https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, फाल्गुन २४ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार नितिमा भण्डारी कार्की विजयी भएकी छन् । उनले ४४ हजार १८१ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई ठूलो मतान्तरले पराजित गरेकी हुन्। श्रेष्ठले ७ हजार ८७१ मत प्राप्त गरेका छन् ।


निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार मनोज कुमार देवकोटाले ६ हजार १०१ मत प्राप्त गरेका छन्। त्यस्तै चौथो स्थानमा रहेका नेकपाका उम्मेदवार प्रमोद साहले ५ हजार ४९४ मत प्राप्त गरेका छन् ।


यस निर्वाचनमा नितिमा भण्डारी कार्की उक्त क्षेत्रमा प्रतिस्पर्धा गर्ने एक्ली महिला उम्मेदवार थिइन्। उनले चुनावी मैदानमा रहेका २७ जना पुरुष प्रतिस्पर्धीलाई पछि पार्दै प्रभावशाली जीत हासिल गरेकी हुन् ।


नितिमाको जीतसँगै सर्लाही–१ मा करिब तीन दशकपछि प्रतिनिधिसभामा महिला प्रतिनिधित्व भएको छ । पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गरेकी उनले प्राप्त गरेको जनसमर्थनलाई ठूलो जिम्मेवारीका रूपमा लिएको बताएकी छन् ।


४३ वर्षीया नितिमा व्यवसायिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेकी हुन्। उनी लामो समयदेखि रेस्टुरेन्ट व्यवसायमा संलग्न रहँदै व्यवस्थापन तथा उद्यमशीलताको अनुभव हासिल गरेकी छन् । यसअघि प्रतिनिधिसभा निर्वाचन २०७९ मा सर्लाही–१ बाट लोसपाका रामप्रकाश चौधरी २४ हजार ८३८ मतसहित विजयी भएका थिए। तर यसपटक पनि उम्मेदवार बनेका चौधरी ३ हजार ९९१ मतमै सीमित भएका छन् ।


नितिमाका अनुसार सर्लाही क्षेत्रका जनताले विकास, रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र पारदर्शी नेतृत्वको अपेक्षा राखेका छन्। ती अपेक्षालाई पूरा गर्न आफूले संसदमा सक्रिय रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।


विशेषगरी महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै ग्रामीण क्षेत्रका महिलालाई कृषि तथा उद्यमशीलतासँग जोड्ने योजना अघि बढाउने उनले बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार