गाैशाला, फाल्गुन २६ गते ।
मेष : योजना सफल बन्नेछन् । वैदेशिक क्षेत्रका योजनाबाट नाम र दाम मिल्ने योग छ। राज्यका विकृतिहरूको चर्चा हुनेछ। संगठनको बलमा उत्तेजना बढ्ने भएकाले शान्त रहनु उचित हुनेछ। परिवारसँगको सम्बन्ध शान्त र सौहार्दपूर्ण बन्नेछ ।
वृष : सोचेका काम पूरा नहुँदा मन उदास हुन सक्छ। लगानीका क्षेत्रमा विशेषगरी प्राविधिक शिक्षाबाट लाभ मिल्ने योग छ। स्वास्थ्यप्रति ध्यान दिने दिन रहेको छ। परिवारको साथ मिल्नेछ र प्रेम सम्बन्ध सुमधुर बन्ने सम्भावना छ ।
मिथुन : सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। कला र गलाको माध्यमबाट चर्चा बढ्नेछ। खानपानमा ध्यान नदिँदा पुरानो रोग बल्झिन सक्छ। व्यवस्थापनको कमीले परिवारसँग खटपटी बढ्न सक्ने सम्भावना छ ।
कर्कट : पुराना साथीसँग मित्रता बढ्नेछ। संगठनको बलमा काम गर्दा अप्ठेरो पर्ने योग देखिन्छ। आफूले विश्वास गरेको व्यक्ति फरक पक्षमा जान सक्ने जोखिम छ। परिवारबाट धोका हुने सम्भावना भएकाले सचेत रहनु राम्रो हुनेछ ।
सिंह : तपाईंको राशिमा सूर्य र बुधको प्रभाव परेको छ। राम्रो कामको सुरुवात गर्दा फाइदा हुनेछ। अध्ययनमा रुचि बढ्नेछ। धन आर्जनका नयाँ योजना बन्नेछन्। परिवारमा बौद्धिक मतभेद बढ्न सक्ने भएकाले संयमित रहनु उपयुक्त हुनेछ ।
कन्या : आफ्नै व्यवसायबाट राम्रो आम्दानी जुट्नेछ। परिवारको सकारात्मक सहयोग प्राप्त हुनेछ। सामाजिक संस्थामा एकता बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अरूलाई मिलाएर काम गर्दा तपाईंलाई फाइदा हुने योग छ ।
तुला : तपाईंका कार्ययोजना सफल बन्नेछन्। शिक्षामा सफलता मिल्नेछ। आफूप्रति माया गर्ने बानीको विकास गर्नुपर्ने दिन छ। शारीरिक व्यायामको कमीले स्वास्थ्य समस्या बढ्न सक्छ। राज्यबाट सेवाको अवसर मिल्ने सम्भावना छ। परिवारसँगको सम्बन्ध अझ कसिलो बन्नेछ ।
वृश्चिक : धनलक्ष्मी योग परेको छ। पुरानो लगानी तथा गुम्न लागेको रकम फिर्ता पाउने सम्भावना छ। राज्यको सेवा गर्ने अवसर प्राप्त हुन सक्छ। साना कुरामा अलमल नगरी काममा केन्द्रित हुनु राम्रो हुनेछ। पारिवारिक व्यवस्थापनमा सक्रिय रहनु लाभदायक हुनेछ ।
धनु : समय अनुकूल रहेको छ। केही गल्तीहरू ढाकिन सक्छन्। लगानीका स्रोत राम्रा देखिन्छन्। शिक्षा र स्वास्थ्यभन्दा व्यवसायबाट राम्रो आम्दानी हुनेछ। सुख–दुःखमा परिवारको साथ मिल्नेछ ।
मकर : बढी खर्च गर्ने बानीले परिवारमा विवाद बढ्न सक्छ। आफूभन्दा ठूला व्यक्तिको सुझावले राहत मिल्नेछ। स्वदेशभन्दा विदेशमा गरेको श्रम र लगानीबाट फाइदा हुने योग छ। अप्ठेरो अवस्थामा प्रेम सम्बन्धले मनमा खुशी दिनेछ ।
कुम्भ : आफ्नै कारणले शत्रु बढ्न सक्छन्। बोल्नु अघि सोच्नु राम्रो हुनेछ। स्वास्थ्यमा समस्या बढ्न सक्ने सम्भावना छ। साथीभाइको सहयोगले नयाँ काम बन्नेछ। परिवारले दुःखमा साथ दिने योग छ। बिहान शिव भजन सुनेमा दिन सहज बन्ने विश्वास छ ।
मीन : अप्रिय समाचारले मन अशान्त हुन सक्छ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। दैनिकी सामान्य भए पनि अनुत्पादक क्षेत्रमा लगानी हुने जोखिम भएकाले सचेत रहनु आवश्यक छ। परिवारमा बौद्धिक टकराब हुन सक्ने भएकाले थोरै बोल्नु राम्रो हुनेछ ।
राशिफल जे जस्तो भए पनि तपाईंको दिन शुभ रहोस् ।
जन्मकुण्डली, हस्तरेखा र वास्तुसम्बन्धी परामर्शका लागि प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई माे. ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।

