पर्सा, फाल्गुन २५ गते ।
पर्साको रामनगरी क्षेत्रबाट जयन्ती बोकेर एकडेरवा जाँदै गरेको सवारी गण्डक नहरमा खस्दा दुर्घटना भएको छ ।
साहेब सहनीको घरबाट जयन्ती लिएर जाँदै गरेको सवारी अनियन्त्रित भई नहरमा खसेपछि घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको हो ।
दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मी घटनास्थलमा पुगेर तत्काल उद्धार तथा खोजी कार्य सुरु गरेका छन् । दुर्घटनामा कति जना घाइते वा हताहत भए भन्नेबारे आधिकारिक विवरण भने अझै सार्वजनिक भएको छैन । स्थानीयका अनुसार घटना निकै भयावह रहेको बताइएको छ ।

