https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/



गाैशाला, फाल्गुन २६ गते ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्र बिसहमरपुरको मुख्य गेट भत्किँदा तीन जना बालक घाइते भएका छन् ।

आइतबार बिदाको दिन खेल्ने क्रममा बालकहरू गेटमा चढ्दा वा खेल्दाखेल्दै अचानक गेट ढलेपछि उनीहरू घाइते भएको स्थानीयले बताएका छन् । घाइते हुनेमा स्थानीय बिरेन्द्रकुमार यादवका ७ वर्षीय छोरा रबिन यादव, मनोज यादवका ७ वर्षीय छोरा गौतम यादव र शिवशंकर यादवका ८ वर्षीय छोरा दिपेश यादव रहेका छन् ।

घाइतेमध्ये रबिन यादवको अवस्था गम्भीर रहेको जनाइएको छ । कम्मरमा गम्भीर चोट लागेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको उनका बुबा वीरेन्द्रकुमार यादवले जानकारी दिएका छन् ।

उक्त पर्खाल र मुख्य गेट मधेश प्रदेश सरकारको योजनाअन्तर्गत करिब ४५ लाख रुपैयाँको लागतमा हालै निर्माण गरिएको थियो । स्थानीयले निर्माण कार्यमा कमसल सामग्री प्रयोग गरिएको र गेटमा राम्रो वेल्डिङ नगरिएकाले यस्तो घटना भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा विनियोजित उक्त योजनाको कामका लागि महेश यादव र लक्ष्मी राउत कुर्मीको नेतृत्वमा उपभोक्ता समिति गठन गरिएको थियो । निर्माण कार्यमा अनियमितता भएको आरोपसमेत उठेको छ र यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन रहेको बताइएको छ ।

रामगोपालपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दासले घटनाबारे विस्तृत जानकारी संकलन गरेर आवश्यक कदम चालिने बताएका छन् । हालसम्म घटनाबारे औपचारिक छानबिन सुरु नभएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार