https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २६ गते ।
धनुषा निर्वाचन क्षेत्र नं. १ को पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर स्थानीय स्तरमा नैतिकताको विषयमा बहस सुरु भएको छ। सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा आएको परिणाम र त्यसपछिका गतिविधिबारे मतदाताबीच विभिन्न धारणा व्यक्त भइरहेका छन् ।


स्थानीय बासिन्दाहरूको भनाइ छ—अदालतले अन्तिम निर्णय जे गरे पनि राजनीतिक दल र उम्मेदवारहरूले नैतिकता देखाउनुपर्ने अपेक्षा गरिएको थियो। उनीहरूका अनुसार यदि सम्बन्धित पक्षमा नैतिक जिम्मेवारीको भावना भएको भए अदालतको निर्णय कुर्नुभन्दा अघि नै विवादित अवस्थाबारे स्पष्ट धारणा राख्दै प्रतिद्वन्द्वी उम्मेदवारलाई सम्मानपूर्वक स्वीकार गर्न सक्थे ।


केही क्षेत्रवासीले अहिलेको परिस्थितिले जनताको विश्वासमा प्रश्न उठाएको बताएका छन्। उनीहरूका अनुसार यस्तो अवस्थामा जनमतको पुनः परीक्षणका लागि पुनः निर्वाचन गराउनु उपयुक्त हुने धारणा पनि व्यक्त गरिएको छ। ।


स्थानीय मतदाताहरूको भनाइ छ कि यदि पुनः चुनाव भएमा जनताले आफ्नो निर्णय अझ स्पष्ट रूपमा व्यक्त गर्नेछन्। अहिले धनुषा–१ को घटनाक्रमलाई लिएर राजनीतिक नैतिकता र जनप्रतिनिधिको जिम्मेवारीबारे व्यापक चर्चा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार