गाैशाला, फाल्गुन २६ गते ।
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।
जेनजी आन्दोलनपछि गठन भएको श्रम संस्कृति पार्टीले यस निर्वाचनमार्फत राष्ट्रिय दलको मान्यता प्राप्त गरे पनि मधेस प्रदेशमा भने पार्टीको प्रदर्शन अपेक्षाकृत कमजोर देखिएको छ। निर्वाचन आयोगका तथ्यांक अनुसार मधेस प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट पार्टीले समानुपातिक मत प्राप्त गरेको छ ।
तर क्षेत्रगत रूपमा मतपरिणाम हेर्दा फरक–फरक स्थिति देखिएको छ। सबैभन्दा धेरै मत महोत्तरी–१ बाट १ हजार ३०८ प्राप्त भएको छ। यसैगरी सर्लाही–३ बाट ८७१, सर्लाही–१ बाट ८०१, बारा–१ बाट ५९२ र धनुषा–४ बाट ५१८ मत प्राप्त भएको देखिन्छ ।
यता सबैभन्दा कम मत भने रौतहट–३ बाट केवल २ मत परेको छ। त्यस्तै महोत्तरी–४ बाट २४, सर्लाही–४ बाट २७, रौतहट–२ बाट १८ तथा धनुषा–२ बाट २१ मत मात्र प्राप्त भएको छ ।
यस तथ्यांकले मधेस प्रदेशभित्र पनि पार्टीको प्रभाव क्षेत्र अनुसार फरक रहेको देखाउँछ। विशेषगरी महोत्तरी–१ मा अपेक्षाकृत राम्रो मत आए पनि अन्य धेरै क्षेत्रमा भने पार्टीको उपस्थिति कमजोर देखिएको विश्लेषण गरिएको छ ।

