https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गौशाला, फाल्गुन २७ गते ।
महोत्तरीको गौशालामा सञ्चालन गरिएको प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३१३ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ।

बुधबार गौशाला नगरपालिका–४ स्थित गौशाला नगर अस्पतालमा आयोजना गरिएको शिविरमा विभिन्न प्रजनन स्वास्थ्यसम्बन्धी समस्या भएका महिलाहरूले जाँच गराएका हुन् ।

स्वास्थ्य संयोजक अशोक कुमार महतोका अनुसार परीक्षण गराएकामध्ये ५२ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको छ। तीमध्ये ७ जनालाई थप उपचारका लागि अप्रेसन गर्नुपर्ने भएकाले रेफर गरिएको उनले जानकारी दिए ।



दुई दिने निःशुल्क स्वास्थ्य शिविर
गौशाला नगरपालिकाको आयोजनामा तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो। शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले महिलाहरूको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेको थियो ।

शिविरमा उपलब्ध गराइएका प्रमुख सेवाहरू
शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, पिसाब चुहिने रोगको पहिचान तथा उपचार, आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार तथा परामर्श, स्त्रीरोगसम्बन्धी परीक्षण, पाठेघरको मुखको परीक्षण (VIA), क्यान्सरको प्रारम्भिक पहिचान, थर्मोकोएगुलेसन सेवा, फिस्टुला अप्रेसन, भिडियो एक्स–रे, औषधि वितरण तथा रिङ पेसरी सेवा उपलब्ध गराइएको थियो ।

नगरपालिकाले महिलाहरूलाई स्वास्थ्य समस्या लुकाएर नबस्न र यस्ता शिविरको अवसरको उपयोग गर्दै स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ। शिविर भोलि फागुन २८ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

थप जानकारीका लागि स्वास्थ्य संयोजक अशोक कुमार महतो वा नगर अस्पताल प्रशासनका सरोज मण्डलसँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार