https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २७ गते ।
महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानामा जमिनभित्र गाडिएको अवस्थामा एउटा मोटरसाइकल फेला परेको छ ।
स्थानीय बासिन्दाले शंकास्पद रूपमा माटोभित्र गाडिएको वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। जानकारी पाएपछि पुगेको प्रहरी टोलीले माटो खनेर मोटरसाइकल बाहिर निकालेको हो ।


प्रहरीका अनुसार फेला परेको मोटरसाइकल नेपाली नम्बर ज ८ प ९९७ को सुपर स्प्लेन्डर हो । उक्त मोटरसाइकल हाल मगरथाना प्रहरी चौकीको नियन्त्रणमा राखिएको छ ।


मोटरसाइकल कसले र किन जमिनमा गाडेको भन्ने विषय खुल्न सकेको छैन। प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । साथै मोटरसाइकलको वास्तविक धनी पत्ता लगाउने प्रयास पनि भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार