https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २८ गते ।
महोत्तरीको जलेश्वर नगरपालिकाको आयोजनामा नगरस्तरीय ‘मेयर कप सामान्य ज्ञान प्रतियोगिता २०८२/०८३’ सफलतापूर्वक सम्पन्न भएको छ। जलेश्वर–१ स्थित कन्या माध्यमिक विद्यालयमा बिहीबार आयोजित उक्त कार्यक्रम विद्यार्थीहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न भएको हो ।


प्रतियोगिता आधारभूत र माध्यमिक गरी दुई तहमा सञ्चालन गरिएको थियो। सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूबीच भएको प्रतिस्पर्धाले कार्यक्रमलाई थप रोचक बनाएको आयोजकले जनाएको छ ।


आधारभूत तहको अन्तिम चरण २०८२ माघ २६ गते जलेश्वर–१ मा रहेको श्री म.आ.मा.वि.को प्राङ्गणमा सम्पन्न भएको थियो। यस चरणमा १० वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा सिम्बायोसिस इन्टरनेशनल एकेडेमी, जलेश्वर–२ ले प्रथम स्थान हासिल गरेको छ भने श्री राष्ट्रिय आधारभूत विद्यालय, खैरा दोस्रो र श्री अभिनन्दन आधारभूत विद्यालय, सारी तेस्रो स्थानमा रहेका छन् ।


त्यसैगरी माध्यमिक तहको अन्तिम चरण २०८२ माघ २८ गते सम्पन्न भएको थियो। यस तहमा सामुदायिक तथा संस्थागत गरी १२ विद्यालयका विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा साउथ एशियन क्याम्ब्रिज ई.बो.से. स्कूल, जलेश्वर–१ प्रथम, श्री ल.च. माध्यमिक विद्यालय, जलेश्वर–२ द्वितीय तथा शिशु ज्ञान निकुञ्ज ई.बो. स्कूल, जलेश्वर–१ तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।


नगरपालिकाले पहिलो पटक नगरस्तरमा आयोजना गरेको यस प्रतियोगिताले विद्यार्थीहरूमा सामान्य ज्ञान वृद्धि गर्नुका साथै प्रतिस्पर्धात्मक भावना र आत्मविश्वास विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।


कार्यक्रमको संयोजन रञ्जित कुमार चौधरीले गरेका थिए भने प्रतियोगितामा प्रश्नकर्ता उमेश चौधरी रहेका थिए। कार्यक्रममा नगर उपप्रमुख रोशन खातुन, प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुर तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।


प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी तथा विद्यालयहरूलाई आगामी २०८२ फागुन ४ गते विशेष कार्यक्रमका बीच पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार