https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

भैरहवा, चैत्र २ गते ।
रुपन्देहीका उद्योगी–व्यवसायीहरूले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा नियमित सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।


भैरहवामा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि विमानस्थल अपेक्षित रूपमा नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न नसक्दा स्थानीय पर्यटन तथा लगानी क्षेत्र प्रभावित बनेको निजी क्षेत्रले जनाएको छ। पर्यटन क्षेत्रमा झण्डै एक खर्ब रुपैयाँभन्दा बढी लगानी भइसके पनि विमानस्थलबाट पर्याप्त उडान हुन नसक्दा लगानी जोखिममा पर्न सक्ने पर्यटन व्यवसायी अमित गुप्ताले बताउनुभयो ।


उहाँका अनुसार लुम्बिनी, देवदह, रामग्राम, तिलौराकोट तथा रोहिणी नदी आसपासका क्षेत्र ऐतिहासिक, धार्मिक तथा बौद्ध सभ्यतासँग सम्बन्धित महत्वपूर्ण गन्तव्य हुन्। ती क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन अपरिहार्य रहेको उहाँको भनाइ छ ।


सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले गठन हुन लागेको नयाँ सरकारले पर्यटन प्रवर्द्धन र विमानस्थल सञ्चालनलाई प्राथमिकतामा राख्ने विश्वास निजी क्षेत्रले गरेको बताउनुभयो। उहाँका अनुसार लुम्बिनी क्षेत्र बौद्ध सभ्यता, इतिहास र धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास हुनसक्ने प्रचुर सम्भावना रहेको छ। विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आए पर्यटन मात्र होइन, समग्र आर्थिक गतिविधिमा पनि सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको उहाँको भनाइ छ ।


यस्तै नेपाल भन्सार एजेन्ट संघ भैरहवाका अध्यक्ष मधुप्रसाद पन्थीले रूपन्देही नेपालकै महत्वपूर्ण औद्योगिक क्षेत्र भएकाले यहाँ उत्पादन हुने वस्तुलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक पूर्वाधार र नीतिगत वातावरण तयार पार्न सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। भैरहवा औद्योगिक करिडोरमा उत्पादन हुने वस्तुको निर्यात विस्तार गर्न सके उद्योग क्षेत्र थप सुदृढ बन्ने उहाँको भनाइ छ ।


उहाँले विमानस्थल सञ्चालन र नाका व्यवस्थापन प्रभावकारी भए अन्तरराष्ट्रिय व्यापार विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गर्नुभयो। निजी क्षेत्रका प्रतिनिधिहरूले स्थिर सरकार गठनसँगै लगानीमैत्री वातावरण निर्माण, पर्यटन प्रवर्द्धन, उद्योग विस्तार तथा पूर्वाधार विकासमा सरकारले ठोस पहल गर्ने अपेक्षा व्यक्त गरेका छन् ।


उद्योगी–व्यवसायीहरूले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आए लुम्बिनी क्षेत्रको पर्यटन विकाससँगै रूपन्देहीको उद्योग–व्यापारमा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार