https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, चैत ४ गते ।
खोटाङ जिल्लामा शव बोकेको हेलिकप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा काठमाडौंबाट शव लिएर पुगेको एयर डाइनेस्टीको हेलिकप्टर अवतरणपछि दुर्घटनाग्रस्त भएको हो ।


प्राप्त जानकारी अनुसार, हेलिकप्टरबाट शव र यात्रुहरूलाई सुरक्षित रूपमा उतारिसकेपछि हेलिप्याडबाट सार्ने क्रममा अचानक नियन्त्रण गुम्दा हेलिकप्टर पल्टिएको थियो । पल्टिने क्रममा हेलिकप्टरमा क्षति पुगेको बताइएको छ ।


दुर्घटनामा पाइलट सकुशल रहेका छन् भने एक जना सामान्य घाइते भएका छन्। घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ।
दुर्घटनाको वास्तविक कारण भने अझै खुल्न सकेको छैन । सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार