https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत ४ गते ।
महोत्तरीको मटिहानीमा निर्माण सम्पन्न भएको प्रहरी चौकीको नयाँ प्रशासनिक भवन आज औपचारिक रूपमा उद्घाटन गरिएको छ ।


उद्घाटन कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल, महोत्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेल, नगर उपप्रमुख मंजु देवी साह, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्भ शर्मा तथा वडा नं. ६, ७, ८ र ९ का जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। उनीहरूले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन् ।


नगरपालिका तथा सम्बन्धित वडाहरूको सहकार्यमा करिब ३२ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको प्राविधिक दिनेश साहले जानकारी दिए । नवनिर्मित भवनभित्र सभा हल, थुनुवा कक्ष, चौकी प्रमुख कक्ष, सहायक चौकी प्रमुख कक्ष, स्टोर कक्ष र कार्यालय कक्षको व्यवस्था गरिएको छ ।


कार्यक्रममा नेपाली सेनाको गोरखनाथ गण परिकौलीका गणपति राम प्रसाद लामिछाने, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका उपअनुसन्धान निर्देशक चन्दन झा, विभिन्न वडाका अध्यक्षहरू, स्थानीय उद्योगी–व्यवसायी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।


नयाँ भवन निर्माणसँगै मटिहानी क्षेत्रमा सुरक्षा व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार