https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, चैत ५ गते ।
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १० अन्तर्गत पर्ने बेला र खैरा गाउँका १७० परिवारलाई बुधबार जग्गाधनी प्रमाण–पत्र (लालपुर्जा) वितरण गरिएको छ ।


लामो समयदेखि गाउँब्लक जग्गामा बसोवास गर्दै आएका परिवारलाई नापी कार्यालय मलङ्गवाको पहलमा लालपुर्जा उपलब्ध गराइएको हो । नगरप्रमुख मनोजकुमार आचार्य, भूमि समस्या समाधान आयोग सर्लाहीका अध्यक्ष मदनबहादुर विश्वकर्मा, नापी कार्यालय मलङ्गवाका प्रमुख सुमनकिशोर मिश्र तथा वडाध्यक्ष राशनारायण चौधरीले बस्तीमै पुगेर स्थानीयलाई लालपुर्जा हस्तान्तरण गरेका हुन् ।


सो क्षेत्रमा अझै करिब २०० परिवार लालपुर्जाविहीन अवस्थामा रहेको जनाइएको छ । छुटेका परिवारलाई पनि अर्को चरणमा छिट्टै लालपुर्जा उपलब्ध गराउने तयारी भइरहेको भूमि समस्या समाधान आयोग सर्लाहीले जनाएको छ ।


वर्षौंदेखि बसोवास गर्दै आएको जग्गाको स्वामित्व प्रमाण पाउँदा स्थानीय परिवारहरू उत्साहित भएका छन् । अब उनीहरूले आफ्नो जग्गा कानुनी रूपमा प्रयोग गर्न, किनबेच गर्न र बैंकमा धितो राखेर ऋण लिन सक्ने भएका छन् ।


गत वर्ष पनि ईश्वरपुर नगरपालिका वडा नं. ११ मा गाउँब्लक जग्गामा बसोवास गर्ने परिवारलाई यसैगरी लालपुर्जा वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार