https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत ५ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१२ अन्तर्गत पर्ने कान्तिबजार मा चैते दसैँको पहिलो दिन भव्य कलश यात्रा निकालिएको छ ।

कान्तिबजार स्थित दुर्गा मन्दिर कान्तिबजार बाट सुरु भएको यात्रा विभिन्न टोलहरू हुँदै रुपनी खोलासम्म पुगेको थियो। त्यहाँबाट कलशमा पानी भरेर परडिया हुँदै पुनः मन्दिर परिसरमा फर्किएको जनाइएको छ ।


बाजागाजासहित सुरु भएको उक्त यात्रामा हजारौँ भक्तजनको सहभागिता देखिएको थियो। स्थानीय बासिन्दाले बाटोभरि सहभागीहरूलाई पानी, सर्वत तथा जुस वितरण गरेर स्वागत गरेका थिए। गर्मीको मौसमलाई ध्यानमा राख्दै सडकमा पानी छर्केर यात्रालाई सहज बनाइएको थियो ।


कान्तिबजारमा दुर्गा मन्दिर निर्माण भएपछि यहाँ हरेक वर्ष चैते दसैँ उत्साहका साथ मनाइँदै आएको छ । असोजमा मनाइने बडादसैँजस्तै चैत शुक्ल अष्टमीमा मनाइने चैते दसैँलाई पनि हिन्दु धर्मावलम्बीहरूले असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाउने परम्परा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार