https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, चैत ९ गते ।
महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ८ मा नवनिर्मित २ तल्ले वडा कार्यालयको प्रशासकीय भवनको समुद्घाटन गरिएको छ ।

आज आयोजित एक समारोहबीच नगर प्रमुख हरि प्रसाद मंडल र वडा नं. ८ का वडा अध्यक्ष रितेश कुमार साहले संयुक्त रूपमा भवनको उद्घाटन गर्नुभएको हो ।

वडा कार्यालय भवन निर्माणका लागि कार्यपालिका सदस्य अरुण नाहर ले करिब १६ धुरभन्दा बढी जग्गा उपलब्ध गराउनुभएको जनाइएको छ । उक्त २ तल्ले भवन नेपाल सरकारको सम्पूरक अनुदान तथा नगरपालिकाको करिब ९५ लाख ११ हजार २२७ रुपैयाँ (मु.अ. करसहित) लागतमा निर्माण गरिएको हो ।

नगरपालिकाका इन्जिनियर बिमलेश साह का अनुसार भवनमा ४ वटा कोठा, एउटा सभा हल तथा शौचालय–बाथरूमको व्यवस्था गरिएको छ ।

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख मंजु देवी साह सहित वडा नं. ३, ५, ६, ७, ८ र ९ का वडा अध्यक्षहरू— नाजिर मिया, मिश्री नायक, कलीम अंसारी, जितनारायन माझी र मदन चौधरी को उपस्थिति रहेको थियो ।

यसैगरी पूर्व जनप्रतिनिधि, महोत्तरी उद्योग वाणिज्य संघ का पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार