https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सप्तरी, चैत ९ गते ।
सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरस्थित फुलेश्वर बोर्डिङ स्कुलको होस्टेलमा बस्दै आएका एक किशोर विद्यार्थी झुण्डिएको अवस्थामा फेला परेका छन्। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृत्यु हुनेमा खडक नगरपालिका–९ लालपट्टी निवासी तिलाई साहका छोरा करिब १४ वर्षीय धर्मेन्द्र साह रहेका छन्। उनी सोही विद्यालयको कक्षा ७ मा अध्ययनरत थिए र होस्टेलमै बस्दै आएका थिए ।


प्रहरीका अनुसार २०८२ चैत ७ गते दिउँसो करिब १२:२५ बजे धर्मेन्द्र साह होस्टेलको कोठाभित्र फलामे भेन्टिलेसनमा गम्छाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए। सोही होस्टेलमा बस्ने अन्य विद्यार्थीहरूले देखेपछि तत्काल उद्दार गरी उपचारका लागि स्थानीय द्वारिका अस्पताल लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् ।


विद्यालय प्रशासनका अनुसार मृतक विद्यार्थी पछिल्ला ३–४ दिनदेखि असामान्य व्यवहार देखाउँदै आएका थिए। घटना हुनु केही समयअघि उनले आफ्ना साथीहरूलाई “मलाई डिस्टर्ब नगर, तिमीहरू बाहिर जाऊ” भन्दै एक्लै कोठाभित्र बसेको बताइएको छ । विद्यालय स्रोतका अनुसार घटना हुनु एक दिनअघि नै अभिभावकलाई विद्यालयमा बोलाएर बालकलाई घर लैजान आग्रह गरिएको थियो। अभिभावक विद्यालय पुगे पनि उनले घर जान नमानेको जनाइएको छ ।


घटनापछि मृतकको पोस्टमार्टम सम्पन्न गरी दाहसंस्कार समेत गरिसकिएको प्रहरीले जनाएको छ। घटनाको गम्भीरता मध्यनजर गर्दै प्रहरीले विद्यालयका प्रिन्सिपल राम सुन्दर चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आत्महत्या वा अन्य कुनै कारणबाट घटना भएको हो भन्ने विषयमा विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ ।


यस घटनाले विद्यालयमा विद्यार्थीको सुरक्षा, मानसिक अवस्था तथा होस्टेल व्यवस्थापनबारे गम्भीर प्रश्न उठाएको छ। स्थानीयवासी र अभिभावकहरूले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। विद्यालय प्रशासनसँग लिइएको जानकारीको अडियो रेकर्ड सुरक्षित रहेको पनि स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार