https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत ९ गते ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२ मठिहानी चोक आसपास सञ्चालनमा रहेको एक होटलबाट अवैध यौन क्रियाकलाप गराएको आरोपमा होटल सञ्चालकसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रहरीका अनुसार २०८२ चैत ८ गते दिउँसो करिब ३ बजे प्राप्त गोप्य सूचनाका आधारमा खटिएको टोलीले कोइराला होटल तथा लजमा छापा मार्दा सो गतिविधि भइरहेको अवस्थामा फेला पारेको हो ।


छापा क्रममा होटलको पहिलो तलाको कोठाबाट एक महिलासहित मधवापुरका २८ वर्षीय पुरुषलाई र दोस्रो तलाको कोठाबाट अर्की महिलासहित मधुवनी जिल्लाका ३६ वर्षीय पुरुषलाई प्रहरीले फेला पारेको जनाएको छ । दुबै महिलालाई पीडितका रूपमा उद्धार गरिएको बताइएको छ ।


प्रहरीले होटलका अन्य कोठाहरू पनि जाँच गर्दा प्रयोग भएका तथा प्रयोग नभएका अस्थायी साधनहरू बरामद गरेको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा जलेश्वर–२ का ६० वर्षीय पुरुष र ४५ वर्षीया महिला (होटल सञ्चालिका) लाई समेत प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ परेकामाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार