https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, चैत १० गते ।

महोत्तरी जिल्लाको गौशाला नगरपालिका ५ स्थित मरहा खाेला लगायत आसपासका क्षेत्रहरूमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चैती छठ पर्व श्रद्धा र भक्तिपूर्वक मनाइएको छ ।


चार दिनदेखि चलिरहेको चैती छठ उत्सवको मुख्य दिन आज भएकाले गौशाला बजार, विभिन्न टोल तथा नदी–पोखरी किनारका छठ घाटहरूमा व्रतालु र भक्तजनको ठूलो उपस्थिति देखिएको थियो । विशेष गरी परिवारका सदस्यहरू साँझपख नाङ्लो, कोनिया र माटोका भाँडामा पूजाका सामग्री सजाएर गीत–भजन गाउंदै छठ घाटसम्म पुगेका थिए ।


व्रतालुहरूले गहुँ र चामल कुटेर बनाइएको पीठोबाट ठकुवा, भुसुवा, खजुरिया, पेरुकिया लगायतका परिकार तयार गरेका थिए । साथै मुला, गाजर, नरिवल, केरा, सुन्तला, ज्यामिरी, भोगटे लगायत फलफूल तथा पूजाका सामग्री लिएर उनीहरू जलाशयमा पसेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।


आज षष्ठी तिथिको साँझ व्रतीहरूले पानीभित्र उभिएर सूर्य अस्ताउञ्जेलसम्म आराधना गरेका थिए। दुबै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता र फूलसहित अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गरिएको थियो ।


चार दिनसम्म विधिपूर्वक मनाइने चैती छठ पर्व आइतबारदेखि सुरु भएको हो । यसअघि व्रतालुले खरना पर्व सम्पन्न गरिसकेका छन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै पर्व समापन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार