https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत १३ गते ।
नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएपछि महोत्तरीको मटिहानी नगरपालिकाले उनलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।


नगर प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा बसेको विशेष कार्यपालिका बैठकले शाहको नियुक्तिलाई स्थानीय तहका जनप्रतिनिधिहरूका लागि गौरवपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ। मेयरको पदबाट सीधै देशको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुग्नु स्थानीय सरकारको प्रतिष्ठासँग जोडिएको महत्वपूर्ण घटना भएको बैठकको निष्कर्ष छ ।


बैठकले महोत्तरी जिल्लाबाट पहिलोपटक प्रधानमन्त्री बन्न सफल भएको भन्दै यसलाई जिल्लाका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेको छ। यस निर्णयप्रति खुसी व्यक्त गर्दै नगरपालिकाले आज साँझ मातहतका सबै कार्यालयहरूमा दीपावली गर्ने कार्यक्रम तय गरेको छ ।


त्यसैगरी, नवनियुक्त प्रधानमन्त्रीको सुस्वास्थ्य, दीर्घायु र सफल कार्यकालको कामना गर्दै मटिहानीस्थित प्रसिद्ध पौराणिक जलाशय लक्ष्मी सागरमा लक्ष्मी–नारायणको विशेष सन्ध्याकालीन आरती तथा पूजन गर्ने निर्णय समेत गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार