https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत १३ गते ।
महोत्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दीपककुमार साहलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा शुक्रबार गठन भएको नयाँ मन्त्रिपरिषद्मा उनी श्रममन्त्री बनेका हुन् ।


साहले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उल्लेखनीय मतान्तरसहित विजय हासिल गरेका थिए। उनले पूर्वश्रममन्त्री शरतसिंह भण्डारीलाई पराजित गर्दै संसद्‌मा प्रवेश गरेका हुन्। निर्वाचनमा उनले ३२ हजार ७ सय २२ मत प्राप्त गरेका थिए भने भण्डारीभन्दा २२ हजार ५ सय २४ मत बढी ल्याएका थिए ।


३५ वर्षीय साहको जन्म २०४७ साल चैत १० गते महोत्तरीमा भएको हो। उनी महोत्तरी गाउँपालिकाकै स्थायी बासिन्दा हुन्। आफ्नै जिल्लाका समस्या नजिकबाट बुझेका साह स्थानीय तहदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका थिए ।


शैक्षिक रूपमा पनि उनले जनस्वास्थ्य विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन्। उनले लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन तथा इन्स्टिच्युट अफ मेडिसिनबाट अध्ययन गरेका छन्। राजनीतिमा पूर्णकालीन रूपमा प्रवेश गर्नु अघि उनले विश्व स्वास्थ्य संगठन (WHO) र एफएचआई ३६० जस्ता अन्तर्राष्ट्रिय संस्थामा काम गरिसकेका छन् ।


चुनावी अभियानका क्रममा साहले स्वास्थ्य सेवाको सुधार, युवालाई रोजगारीका अवसर सिर्जना र भ्रष्टाचारमुक्त प्रशासनलाई प्रमुख एजेन्डा बनाएका थिए। परिवर्तन र सुशासनको नारासहित चुनावी मैदानमा उत्रिएका साह अहिले सोही अपेक्षासहित श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार