https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, चैत १४ गते ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेडिकल जाँचका लागि काठमाडौँ प्रहरी परिसरबाट अस्पताल लगिएको छ। प्रहरीले शनिबार पक्राउ गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको हो ।


प्रहरी स्रोतका अनुसार पक्राउपछि कानुनी प्रक्रिया अनुसार स्वास्थ्य परीक्षण गराउनुपर्ने भएकाले ओलीलाई प्रहरी परिसरबाट अस्पताल लगिएको हो। मेडिकल जाँच सकिएपछि उनलाई पुनः प्रहरी हिरासतमा राख्ने तयारी गरिएको बताइएको छ ।


जेन–जेड आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धानका लागि ओलीलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो। सोही प्रकरणमा पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।


पक्राउपछि ओलीलाई काठमाडौँ प्रहरी परिसरमा राखिएको थियो भने स्वास्थ्य अवस्थाबारे चिकित्सकको सल्लाह अनुसार थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार