गाैशाला, चैत १५ गते ।
मधेश प्रदेशका विभिन्न जिल्लामा संगठन पुनर्गठनको क्रममा महोत्तरी जिल्ला मा पनि जनमत पार्टी को नयाँ जिल्ला अध्यक्ष चयन गरिएको छ ।
हिजो सम्पन्न पार्टीको जिल्ला स्तरीय बैठकबाट बिरेन्द्र महतो सर्वसम्मत रूपमा जिल्ला अध्यक्ष चयन हुनुभएको हो। उहाँको चयनसँगै जिल्लामा पार्टी संगठन थप सुदृढ र सक्रिय हुने विश्वास गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष महतोले पार्टीको संगठन विस्तार, जनतासँग प्रत्यक्ष समन्वय तथा स्थानीय समस्याहरू समाधानतर्फ विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, मधेश प्रदेश मा जनमत पार्टीको प्रभाव अझ बढाउँदै लैजान आफू पूर्ण रूपमा क्रियाशील रहने उहाँको भनाइ छ ।
पार्टीका नेताहरूले महतोको नेतृत्वमा जिल्ला स्तरमा नयाँ ऊर्जा थपिने र संगठन अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

