https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


महोत्तरी, चैत १७ ।
पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवको संयोजकत्वमा अन्तरपालिका आँखा उपचार केन्द्र स्थापना गरि सञ्चालन गरिनेछ । सोमबार सम्सी गाउँपालिकाको कार्यालयमा आयोजित बैठकमा विभिन्न पालिकाका प्रमुख तथा अध्यक्षहरूको उपस्थितिमा उक्त निर्णय गरिएको हो ।

बैठकमा प्रदिप खड्का (औरही नगरपालिका), राम दुलार साह (रामगोपालपुर नगरपालिका), मोहन पाण्डे (मनरा शिस्वा नगरपालिका), दिपनारायण मण्डल (एकडारा गाउँपालिका), विशेश्वर प्रसाद यादव (सोनमा गाउँपालिका), रामनाथ यादव (सम्सी गाउँपालिका), उपाध्यक्ष अनिता यादव तथा प्रमुख प्रशासकीय अधिकृत इ. मनोज कुमार साहलगायतको उपस्थिति रहेको थियो ।

गत साउन ४ गते बसेकाे बैठकको निर्णयअनुसार अन्तरपालिका आँखा उपचार केन्द्र सञ्चालनका लागि प्रत्येक पालिकाले २०/२० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सम्भव भएसम्मको रकम चालु आर्थिक वर्षमै उपलब्ध गराउने र बाँकी रकम आगामी आर्थिक वर्ष २०८३/०८४ को सभा मार्फत विनियोजन गरी उपलब्ध गराउने निर्णय गरिएको छ ।

यसैगरी, आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक योजनाअन्तर्गत २० लाख रुपैयाँको वस्तुगत अनुदान सहयोगका लागि नेत्रज्योति संघ तथा भरतपुर आँखा अस्पतालबाट प्राप्त पत्रअनुसार आवश्यक सामाग्रीहरू समयमै उपलब्ध गराई उपचार केन्द्रलाई सञ्चालन गर्न सहयोग गर्ने सहमति भएको संयोजक डा. यादवले जानकारी दिनुभयो ।

अन्तरपालिका समन्वयका लागि मनरा शिस्वा न.पा.का स्वास्थ्य संयोजक श्री राम चन्द्र यादवलाई जिम्मेवारी तोकिएको छ । साथै, आँखा स्क्रिनिङका लागि लाग्ने खर्च भने प्रत्येक पालिकाले आफ्नै तर्फबाट व्यहोर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार