https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजधानी टुडे समाचारदाता
धनुषा, चैत १८ गते ।
धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छन् भने होटल सञ्चालक फरार भएका छन् ।


प्रहरीका अनुसार ढल्केबरमा रहेको जुन तारा स्टाप लाइन होटलमा मंगलबार बिहान करिब ११ः३० बजे पोखरा महानगरपालिका–१३, मियापाटीकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा भेटिएकी हुन् ।


इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार मृतकको मुखबाट फिज निस्किएको अवस्थामा शव फेला परेको हो । उहाँले शरीरका अन्य भागमा कुनै चोटपटक नदेखिएको जानकारी दिनुभयो ।


घटनापछि होटल सञ्चालक रामपुकार साह तथा होटलमा कार्यरत अन्य कामदार फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य तीव्र बनाइएको छ ।


प्रहरीले घटनास्थलमा आवश्यक प्रक्रिया (मुसुल्का) पूरा गरी शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाउने तयारी गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार