https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, चैत १७ गते ।
आन्दोलन नियन्त्रणका क्रममा सार्वजनिक भएको एक भिडियोले प्रहरी नेतृत्वको व्यवहारबारे नयाँ बहस सुरु भएको छ। आन्दोलनबीच आफ्नै मातहतका प्रहरी जवानमाथि एक वरिष्ठ अधिकृतले लाठी प्रहार गरेको दृश्य बाहिरिएपछि घटना विवादमा परेको हो ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि राजधानीमा चर्किएको आन्दोलन नियन्त्रणका क्रममा उक्त घटना भएको बताइएको छ। सार्वजनिक भएको भिडियोमा काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा एसपी पवन भट्टराईले आफ्नै जवानमाथि लाठी प्रहार गरेको देखिन्छ ।


आन्दोलन नियन्त्रणको जिम्मेवारी पाएको प्रहरी संगठनभित्रै यस्तो व्यवहार किन भयो भन्ने प्रश्न अहिले व्यापक रूपमा उठिरहेको छ। सार्वजनिक स्थलमै एक वरिष्ठ अधिकारीले आफ्नै मातहतका कर्मचारीमाथि बल प्रयोग गर्नुले नेतृत्वको संयमता र पेशागत मर्यादामाथि प्रश्न खडा गरेको टिप्पणी भइरहेको छ ।


घटनाको वास्तविक कारणबारे आधिकारिक धारणा सार्वजनिक नभएकाले विषय थप चर्चामा आएको छ। प्रहरी संगठनभित्र अनुशासन कायम राख्नका लागि स्पष्ट प्रक्रिया र आन्तरिक संयन्त्र हुँदाहुँदै पनि सार्वजनिक रूपमा यस्तो घटना देखिनु उचित नभएको सरोकारवालाको भनाइ छ ।


यस्ता घटनाले फिल्डमा खटिएका प्रहरी जवानको मनोबल कमजोर पार्ने, नेतृत्वप्रतिको विश्वास घटाउने तथा समग्र संगठनमै नकारात्मक असर पर्ने चिन्ता व्यक्त गरिएको छ । घटनाबारे निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न र आवश्यक कारबाही गर्नुपर्ने माग पनि बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार