https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रौतहट, चैत १७ गते ।
रौतहट जिल्ला अदालतमा कार्यरत एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । डिट्ठा पदमा कार्यरत लबकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।


अख्तियारको हेटौडास्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ। सेवाग्राहीसँग अदालतको फैसला अनुसार दाखिला पुर्जी मिलाइदिने र जग्गा फुकुवा गराइदिने भन्दै उनले रकम मागेको आरोप लागेको छ ।


मंगलबार दिउँसो करिब पौन चार बजेतिर अदालत परिसरमै घुस लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ ।


यस घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार