गाैशाला, चैत १९ गते ।
महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशाला बजारमा रहेको राजिब अटो प्रा.लि.ले हिराे कम्पनीका मोटरसाइकल तथा स्कुटरको साटासाट मेला लगाएकाे छ ।
कम्पनीले चैत १५ गतेदेखि चैत २० गतेसम्म ६ दिने मेला लगाएको हो । मेलामा ग्राहकले जुनसुकै कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ सवारी साधन खरिद गर्न सक्नेछन् । सटासाट मेलामा अरु कम्पनी भन्दा हिराेकाे मोटरसाइकल तथा स्कुटरलाई ८ हजार बढी (Valuation) मूल्यांकन गरिनेछ ।

राजिब अटो प्रा.लि.का संचालक रबि कुमार गुप्ताका अनुसार मेलामा मोटरसाइकल खरिदमा विशेष छुटको व्यवस्था गरिएको छ । साथै नागरिकता र लाइसेन्सको आधारमा सहज किस्ताबन्दीमा र नगदमा आकर्षक छुटको व्यवस्था समेत गरिएको छ । प्रत्येक मोटरसाइकल तथा स्कुटरकाे खरिदमा ७ हजार नगद छुटकाे व्यवस्था रहेको संचालक गुप्ताले जनाए ।
कम्पनीले मेलामा आउने ग्राहकलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरिने जानकारी दिए । मोटरसाइकल खरिद गर्न चाहने उपभोक्तालाई समयमै मेलामा सहभागी हुन कम्पनीले आग्रह गरेको छ । थप जानकारीका लागि राजिब अटो प्रा.लि. काे माे. 9804827836 मा सम्पर्क गर्न सकिनेछ ।




