https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, चैत २१ गते ।
पेट्रोलियम पदार्थको मूल्य बढाइएको विरोधमा राजधानी काठमाडौंमा युवाहरूले प्रदर्शन गरेका छन् । मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुहरूमा समेत असर पर्ने चिन्ता व्यक्त गर्दै उनीहरू सडकमा उत्रिएका हुन् ।


प्रदर्शनका क्रममा सहभागीहरूले महँगी नियन्त्रण गर्नुपर्ने, पेट्रोलमा लाग्ने कर घटाउनुपर्ने तथा मूल्य घटाएर सर्वसाधारणलाई राहत दिनुपर्ने माग राखेका थिए । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।


यो प्रदर्शन राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासनविरुद्धको महाअभियानको संयुक्त आयोजनामा सम्पन्न भएको हो । प्रदर्शनकारीहरूले पेट्रोलियम पदार्थमा हाल लागू गरिएका करहरू खारेज वा पुनरावलोकन गरी मूल्य घटाउन सरकारसँग आग्रह गरेका छन् ।


युवाहरूले बढ्दो महँगीले आम नागरिकको दैनिकी प्रभावित बनाएको उल्लेख गर्दै सरकारले शीघ्र राहतमुखी निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार