काठमाडौं, चैत २१ गते ।
काठमाडौं । प्रतिनिधिसभाले नयाँ सभामुखका रूपमा डोलप्रसाद अर्याललाई निर्विरोध निर्वाचित गरेको छ ।
आज बसेको बैठकमा प्रस्तावक र समर्थकको मन्तव्यपश्चात् ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

सो अवसरमा केसीले नव–निर्वाचित सभामुख अर्याललाई सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरे । यससँगै संसद्को गरिमामय नेतृत्व अब अर्यालले सम्हाल्ने भएका छन् ।
प्रतिनिधिसभाको आगामी बैठक चैत २३ गते सोमबार दिनको १:०० बजे बस्ने गरी तय भएको छ ।

