https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, चैत २२ गते ।
महोत्तरीको गौशाला बजारमा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान पुनः सुरु हुने भएको छ। आइतबार गाैशाला नगरपालिकाकाे सभाहलमा बसेको सर्वपक्षीय बैठकले अभियानलाई निरन्तरता दिने निर्णय गर्दै केही दिनदेखि बन्द रहेको बजारसमेत खुला गरेको हो ।


नगर प्रमुख डा. दिपेन्द्र महताेका अनुसार सोमबारदेखि अभियान फेरि सञ्चालन गरिनेछ। अभियानको नेतृत्व वडा नम्बर ५ का अध्यक्ष ओम प्रकाश गुप्ताले गर्ने बताइएको छ । बैठकले अघिल्लो चरणमा देखिएका कमजोरीहरू सच्याउँदै सहमति र समन्वयका आधारमा अभियान अघि बढाउने निर्णय गरेको छ। यसअघि व्यापारीहरूले गरेको बजार बन्दको कार्यक्रम पनि फिर्ता लिइएको छ ।


अभियानका क्रममा केही सटरहरूमा क्षति पुगेको स्वीकार गर्दै नगर प्रमुख महतोले प्रमाणसहित निवेदन पेश गरेमा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइने बताएका छन् । वडा अध्यक्ष गुप्ताले अब अभियान दबाबरहित र सहमतिमै आधारित हुने स्पष्ट पार्दै बजार पूर्ण रूपमा सञ्चालनमा आइसकेको जानकारी दिए ।


यसैबीच बजार क्षेत्रभित्र पर्ने चर्चित ११५ नम्बर कितामा रहेका अव्यवस्थित कठघराहरू हटाउने कार्य सुरु गरिएको छ। नगर प्रहरीले खाली संरचना हटाइसकेको जनाएको छ भने बाँकी संरचनाबाट सामान हटाउन दुई दिनको समय दिइएको छ ।


नगरपालिकाले अभियान सफल बनाउन स्थानीय समुदाय, व्यापारी तथा सरोकारवाला निकायसँग समन्वय बढाइने जनाएको छ। बजारलाई व्यवस्थित र आकर्षक नबनाएसम्म अभियान जारी रहने बताइएको छ । यसअघि अभियानका क्रममा विवाद उत्पन्न भएपछि शनिबारदेखि कार्य स्थगित गरिएको थियो। व्यापारी र नगरपालिकाबीच सहमति जुटेपछि आइतबारको बैठकले अभियान पुनः सुरु गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार