काठमाडौं, चैत २३ गते ।
राष्ट्रियसभाको उपाध्यक्ष पदमा लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन् । आज बसेको राष्ट्रियसभाको बैठकले भण्डारीलाई उपाध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरेको हो ।
राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलहरूबीच भएको सहमतिअनुसार उपाध्यक्ष पदका लागि भण्डारीको मात्र उम्मेदवारी परेको थियो ।
उनको उम्मेदवारीका प्रस्तावक प्रेमप्रसाद दंगाल रहेका थिए भने समर्थकहरूमा कृष्णबहादुर रोकाय, पूजा चौधरी र मदनकुमारी शाह रहेका थिए । सर्वसम्मत समर्थनका कारण भण्डारी निर्विरोध रूपमा उपाध्यक्षमा चयन भएकी हुन् ।

