https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत २४ गते ।
महाेत्तरीकाे जलेश्वर क्षेत्रमा मंगलबार दिउँसो भएको एक दर्दनाक सवारी दुर्घटनामा तीन जना युवकको जलेर मृत्यु भएको छ ।


महोत्तरी सदरमुकाम अन्तर्गत पर्ने बखरी पुलबाट बलवा तर्फ जाने सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको स्थानीयले बताएका छन् ।


दुर्घटनापछि मोटरसाइकलमा अचानक आगलागी भएको र त्यसमा सवार युवकहरू गम्भीर रूपमा जलेका थिए। घटनास्थलमै उनीहरूको मृत्यु भएको जनाइएको छ ।


स्थानीय स्रोतका अनुसार एक मोटरसाइकलमा तीनै जना युवक सवार थिए र उनीहरू परीक्षा दिन गइरहेका हुन सक्ने आशंका गरिएको छ ।


घटनापछि पुगेको दमकलले आगो नियन्त्रणमा लिए पनि तबसम्म उनीहरूको ज्यान गइसकेको थियो । मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार