https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत २६ गते ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–११ क्षेत्रमा एक अज्ञात युवक मृत अवस्थामा फेला परेका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने मरहा खोलाको पुलभन्दा करिब ४०–५० मिटर दक्षिणतर्फ सडकछेउको झाडीमा उक्त शव भेटिएको हो ।


जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बुधबार दिउँसो स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा मृतक करिब १७–१८ वर्ष उमेर समूहका पुरुष रहेको अनुमान गरिएको छ ।


प्रहरीका अनुसार मृतक तराई मूलका जस्तो देखिए पनि हालसम्म उनको पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय महोत्तरी का प्रवक्ता प्रहरी निरीक्षक विश्वम्भर नाथ साहले शवको सनाखतका लागि सर्वसाधारणसँग सहयोग मागेका छन् ।


यदि कसैले उक्त युवकलाई चिन्ने वा पहिचान गर्न सक्ने जानकारी राख्छ भने नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सम्पर्क गर्न आग्रह गरिएको छ । प्रहरीले जानकारीका लागि ९८५४०३२४५५, ९८५४०३००९९ तथा आपतकालीन नम्बर १०० मा सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार