काठमाडौं : प्रहरीले केपी शर्मा ओली लाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाउँदै रिहा गरेको छ। अनुसन्धानका क्रममा आवश्यक परेमा उपस्थित हुने सर्त राखेर उनलाई छोडिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
स्वास्थ्य अवस्था जटिल भएपछि उनी त्रिवि शिक्षण अस्पताल मा उपचार गराइरहेका थिए। यसअघि ‘जेन जेड’ आन्दोलनसँग सम्बन्धित आरोपमा उनलाई चैत १४ गते निवासबाट पक्राउ गरिएको थियो।
उनको पक्राउविरुद्ध पत्नी राधिका ओली ले सर्वोच्च अदालत मा बन्दी प्रत्यक्षीकरण निवेदन दिएकी थिइन्।
अदालतले चैत २६ भित्र अनुसन्धान टुंग्याउन निर्देशन दिएको थियो। तोकिएको समयसीमा भित्र अनुसन्धान पूरा हुन नसकेपछि अदालतको आदेशअनुसार उनलाई शर्तसहित रिहा गरी परिवारको जिम्मा लगाइएको हो।

