काठमाडौं : प्रहरीले रमेश लेखक लाई हाजिरी जमानीमा रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई पत्नी यशोदा लेखक को जिम्मा लगाएर छाडिएको हो।
अनुसन्धानको सिलसिलामा आवश्यक परेमा उपस्थित हुने सर्तमा उनलाई हिरासतबाट मुक्त गरिएको प्रहरीले जनाएको छ।
मन्त्रिपरिषद्ले भदौ २३ र २४ मा भएका घटनाबारे गौरीबहादुर कार्की आयोग ले दिएको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि उनलाई भक्तपुरबाट पक्राउ गरिएको थियो।

