https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महेश दास/राजेश सिंह
महाेत्तरी, चैत २६ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१२ प्रडियाकी १५ वर्षीया पवन कुमारी राम कक्षा १० मा अध्ययनरत थिइन्। उनको सपना थियो—पढेर शिक्षिका बन्ने । तर परिवारमा उनको विवाहको कुरा चल्न थालेपछि उनी चिन्तित हुन थालिन् । पढाइ बीचमै रोकिने र भविष्य अन्योलमा पर्ने डरले उनी दिनदिनै निराश हुँदै गइन् ।

एक दिन विद्यालयमा आयोजित सचेतना कार्यक्रममा शिक्षकले किशोर–किशोरीको ढिलो विवाहका फाइदाबारे जानकारी दिए । शिक्षकले भने, “विवाह उमेर पुगेपछि गर्दा पढाइ पूरा गर्न, सीप सिक्न र आफ्नै खुट्टामा उभिन पर्याप्त समय मिल्छ।” शिक्षकको यही कुरा पवनले घरमा सुनाइन् । परिवारले पनि उनको भविष्यबारे सोचेर केही वर्ष विवाह नगर्ने निर्णय गर्‍यो ।

समय बित्दै जाँदा पवनले आफ्नो पढाइलाई निरन्तरता दिइन् । उनले कक्षा १२ उत्तीर्ण गरिन् र अहिले बी.एड. चौथो वर्षमा अध्ययनरत छिन् । यसबीच उनले रेडियोकर्मीका रूपमा पनि काम गर्दै अनुभव बटुलिरहेकी छन् । साथै उनले निम्न माध्यमिक तह (निमावि) को अध्यापन अनुमतिपत्र पनि प्राप्त गरिसकेकी छन् । अनुमतिपत्र पाएपछि उनी अहिले शिक्षक सेवा आयोगको परीक्षाको तयारीमा जुटेकी छन् ।

शिक्षण पेशाप्रति रुचि राख्दै आएकी पवन विद्यालय तहमा गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित नियमित अध्ययन गरिरहेकी छन् । विषयगत अध्ययनसँगै शिक्षाशास्त्र र समसामयिक विषयहरूमा पनि तयारी गरिरहेको उनले बताइन् । भविष्यमा स्थायी शिक्षक बनेर विद्यार्थीहरूलाई ज्ञान प्रदान गर्दै समाज विकासमा योगदान पुर्‍याउने उनको लक्ष्य रहेको छ ।

यस्तै, गौशाला नगरपालिका–७ जमुनियाका उमेश कुमार पासवान पनि ढिलो विवाहले जीवनमा सकारात्मक परिवर्तन ल्याएको उदाहरण बनेका छन् । पहिलो पटक विवाहको कुरा आउँदा उनी १७ वर्षको उमेरमा कक्षा १० मा अध्ययनरत थिए। उनको सरकारी जागिर गर्ने सपना थियोे । तर त्यही समयमा परिवारमा उनको विवाहको कुरा उठेपछि उनी पनि चिन्तित बने। पढाइ रोकिएर भविष्य अन्योलमा पर्ने डरले उनी निराश हुन थाले ।

त्यही समयमा विद्यालयमा भएको सचेतना कार्यक्रममा किशोर–किशोरीको ढिलो विवाहका फाइदाबारे जानकारी दिइएको थियो । शिक्षकले पढाइ पूरा गर्न र भविष्य निर्माणका लागि विवाह ढिलो गर्नु उपयुक्त हुने सन्देश दिएका थिए । उमेशले पनि यही कुरा घरमा सुनाएपछि परिवारले उनको पढाइ र भविष्यलाई प्राथमिकता दिने निर्णय गर्‍यो ।

त्यसपछि उमेशले आफ्नो अध्ययनलाई निरन्तरता दिए । कक्षा ११ मा अध्ययनरत रहँदा उनले नेपाल प्रहरीको जवान पदका लागि तयारी सुरु गरे । निरन्तर प्रयासपछि उनी नेपाल प्रहरीमा जवान पदमा छनोट हुन सफल भए । उनले कक्षा १२ पनि उत्तीर्ण गरे । हाल २४ वर्ष पुगेका उनले गएको फागुन २८ गते विवाह गरेका छन् ।

पवन र उमेशको कथा जस्तै किशोर–किशोरीको जीवनमा ढिलो विवाहले ठूलो परिवर्तन ल्याउन सक्छ । बाल्यावस्थामै विवाह भएमा पढाइ बीचमै रोकिने, आर्थिक अवसर गुम्ने र स्वास्थ्यसम्बन्धी समस्या बढ्ने सम्भावना रहन्छ । तर विवाह केही समयपछि गर्दा उनीहरूले आफ्नो शिक्षा पूरा गर्न, विभिन्न सीप सिक्न र भविष्यका लागि राम्रो रोजगारी वा आम्दानीको अवसर पाउन सक्छन् ।

यसले व्यक्तिगत जीवन मात्र होइन, परिवार र समाजमा पनि सकारात्मक प्रभाव पार्छ । शिक्षित र सक्षम किशोर–किशोरीले परिवारलाई आर्थिक रूपमा सहयोग गर्न सक्छन् र समाजको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

त्यसैले किशोर–किशोरीको विवाह हतारमा गर्नु भन्दा उनीहरूको शिक्षा, सीप र भविष्यलाई प्राथमिकता दिनु आवश्यक छ । सही समयमा गरिएको विवाहले मात्र उनीहरूलाई जिम्मेवारीपूर्ण जीवन जिउन र उज्ज्वल भविष्य निर्माण गर्न सहयोग पुर्‍याउँछ ।

विश्वमा बालकहरुकाे धेरै विवाह हुने दस देशहरुभित्र नेपाल रहेकोले बालकहरु प्रि उस्तै मारमा पर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार