https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, चैत्र २६ गते ।
नेपाल नगरपालिका संघ को ३३औँ वार्षिक उत्सवका अवसरमा मटिहानी नगरपालिका लाई सामाजिक विकास क्षेत्रमा उत्कृष्ट योगदानका लागि सम्मान प्रदान गरिएको छ ।


राजधानीमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्याल ले नगर प्रमुख हरि प्रसाद मण्डल लाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभयो ।


संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा ले मटिहानी नगरपालिकाले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, बाल संरक्षण तथा सामाजिक समावेशीकरणका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको बताए । स्थानीयस्तरमै केन्द्रित सेवा र कार्यक्रममार्फत समुदायमा सकारात्मक प्रभाव परेको उनको भनाइ थियो ।


यस वर्ष संघले देशभरका २९३ स्थानीय तहमध्ये पाँच विधामा उत्कृष्ट प्रदर्शन गर्ने सात पालिकालाई छनोट गरी सम्मान गरेको हो। सामाजिक विकासतर्फ मटिहानी नगरपालिका उत्कृष्ट ठहरिएको छ।

अन्य विधाअन्तर्गत सहरी योजना तथा पूर्वाधारतर्फ पोखरा महानगरपालिका र बुढानिलकण्ठ नगरपालिका, वातावरण, संस्कृति तथा पर्यटनतर्फ गोदावरी नगरपालिका र इलाम नगरपालिका, स्थानीय आर्थिक विकासतर्फ मन्थली नगरपालिका तथा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनतर्फ हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट घोषित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार