https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत २९ गते ।
महोत्तरीको बर्दिबास बजार क्षेत्रमा एक अपरिचित पुरुषको बेवारिसे शव फेला परेको छ । आइतबार बिहान सडक किनारमा शंकास्पद अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।


सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोली घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार मृतक करिब ३०–३५ वर्ष उमेर समूहका पुरुष रहेको अनुमान गरिएको छ । तर, उनको साथबाट कुनै परिचय खुल्ने कागजात फेला नपरेकाले पहिचान हुन सकेको छैन ।

प्रहरीले घटनास्थलमै मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि नजिकको स्वास्थ्य संस्थामा पठाएको छ । मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने बताइएको छ ।

हाल प्रहरीले मृतकको पहिचान खुलाउन आसपासका जिल्ला तथा हराएका व्यक्तिहरूको विवरणसँग मिलान गर्ने काम गरिरहेको छ। साथै, आफन्त हराएका व्यक्तिहरूलाई नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार