https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

एजेन्सी
भारतीय सङ्गीत क्षेत्रकी दिग्गज तथा विश्वप्रसिद्ध पार्श्व गायिका आशा भाेसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो उनको निधन भएको हो ।


मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सघन उपचार कक्ष (ICU) मा राखिएको थियो। परिवार स्रोतका अनुसार उनका छोरा आनन्दले निधनको पुष्टि गरेका छन्। अन्त्येष्टि भोलि गरिने जनाइएको छ ।


सन् १९३३ मा जन्मिएकी आशाले सानै उमेरदेखि गायन यात्रा सुरु गरेकी थिइन्। करिब ९ वर्षको उमेरमै व्यावसायिक रूपमा गायन थालेकी उनले सन् १९४० को दशकदेखि नै चलचित्रका लागि गीत गाउन सुरु गरेकी थिइन्। १९५० को दशकसम्म आइपुग्दा उनले बलिउडमा आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेकी थिइन् ।


उनले विभिन्न शैलीका गीतमा आफ्नो अद्वितीय क्षमता देखाएकी थिइन्। सुरुवाती चरणमा नृत्यप्रधान तथा ‘क्याबरेट’ शैलीका गीतका लागि चर्चित भए पनि पछि गजल, शास्त्रीय तथा भावपूर्ण गीतमा समेत समान रूपमा सफल भइन्। विशेषगरी उमराव जान जस्ता चलचित्रका गीतहरूले उनको प्रतिभालाई अझ उचाइमा पुर्‍याएको थियो ।


सङ्गीत क्षेत्रमा उल्लेखनीय योगदानका लागि उनले सात पटक फिल्मफेयर अवार्ड जितेकी थिइन् भने दुई पटक राष्ट्रिय चलचित्र पुरस्कारसमेत प्राप्त गरेकी थिइन्। हजारौँ गीतमा स्वर दिएकी आशा भाेसले भारतीय सङ्गीतको एक युगको प्रतीकका रूपमा चिनिन्छिन् ।


उनको निधनसँगै भारतीय सङ्गीतको एक स्वर्णिम अध्यायको अन्त्य भएको छ। तर, उनका कालजयी गीतहरूले उनलाई सधैँ जीवित राख्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार